Tune to BFM 91.2|Biratnagar

नेकपाको लडाइँ कानूनी बाटोमा प्रवेश

विराटनगर २० माघ । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपले विभाजित नेकपाको आधिकारिकता विवाद कानूनी बाटोमा प्रवेश गरेको छ । नेकपाको दाहाल–नेपाल समूहले आज राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगसमक्ष आधिकारिकता दावी गरेको छ ।

यसअघि नेकपाको दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार आ–आफ्नो विवरण अध्यावधिक गरी आधिकारिकता दिन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले माघ ११ गते दुवै समूहको मागलाई अस्वीकार गरेर नेकपा पूर्ववत अवस्थामै रहेको निष्कर्ष निकालेको थियो ।आयोगको निष्कर्षप्रति असन्तुष्ट रहेको दाहाल–नेपाल समूहको हिजो बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार आयोगमा दर्ता रहेको नेकपाको अन्तरिम विधान र केन्द्रीय कमिटी सदस्यको संख्याका आधारमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दावी गरेको छ ।

आधिकारिकता दाबी पेश गरेपछि दाहाल–नेपाल समूहका नेताहरूले दल सम्बन्धी ऐन, तथ्य र प्रमाण हेरेर आयोगले विवाद निरुपण गर्ने प्रतिक्रिया दिएका छन् ।प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । उता ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्राचार गरेको थियो ।

तर, आयोगले दुवै पक्षको दावी मानेन ।आयोगले दुवै पक्षको दावी अस्वीकार गरेसँगै राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिकता दाबी गरेको दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन् । दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न पनि निवेदन दिएको छ ।राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३ र ४४ मा दलको नाम, छाप, विधान, झण्डा, चिन्ह, पदाधिकारी र केन्द्रीय समितिको आधिकारिकता विवाद निरुपणसम्बन्धी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button