नेकपाको सचिवालय बैठक बस्दै

0
407

काठमाण्डौ, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो । अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ । हिजो मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । आज बस्ने नेकपा बैठकमा यी लगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ । नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता मात्रै होइन, स्वयं पार्टी अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली पनि असन्तुष्ट हुनुहुन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here