Tune to BFM 91.2|Biratnagar

नेकपाको स्थायी कमिटी बैठक सोमबार बस्नेगरी स्थगीत

बिराटनगर २० असार । नेकपा स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आगामी असार २२ गते सोमबार बस्नेगरी स्थगीत भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरुले बताएकाछन् । हिजो दुवै अध्यक्षले छलफल गर्ने र आज स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो ।

हिजो चार घण्टा छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति हुन सकेन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा रहनुभएको छ ।

स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर ओलीले भने दुवै पद नछाड्ने अडान लिनु भएको छ ।

यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका शिर्ष तहका नेताहरु सशंकित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button