नेकपाभित्रको विवाद समाधानको प्रयास सुरु

0
46

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष दाहालकै पहलमा आज भेटवार्ता भएको हो ।ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ ।उनले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।
त्यसैगरि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here