नेकपाले टुंग्यायो पाँचथरका स्थानीय तहको नेतृत्व

0
139

पाँचथर ७ चैत्र । नेपाल कम्युनिष्ट पार्टीले पाँचथर जिल्लाका सबै स्थानीय तहको एकता प्रकृया टुंगो लगाएको छ ।केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री डम्वरसिंह सम्वाहाम्फेको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका ७ गाँउ र एक नगरपालिकाको अध्यक्ष र सचिव सहित कार्य समितिको टुंगो लगाएको हो ।कार्यदलले एकता प्रकृया पछि पत्रकार सम्मेलन गर्दै विहिवार स्थानीय तहका प्रमूख र सचिवको नाम सार्वजनिक गरेको हो ।भर्खर टुंगो लागेका स्थानीय तहमध्ये सदरमुकाम रहेको फिदिम नगरपालिकामा बिरेन्द्र तुम्वापो प्रतिक अध्यक्ष र देवी थापा मगर सचिब छन ।यसैगरी याङवरक गाँउपालिकामा सुवाष योङया अध्यक्ष,अर्जुन बेघा सचिव,हिलिहाङ गाँउ पालिकामा भुवानीप्रसाद लिङदेन अध्यक्ष रबिन तिम्सिना सचिव,फालेलुङ गाँउ पालिकामा महेन्द्र जवेगु अध्यक्ष, फाल्गुनन्द गाँउ पालिकामा बिरबहादुर कुरुम्वाङ, अध्यक्ष ठाकुरसिंह नेम्वाङ सचिव,कुम्मायक गाँउ पालिकामा मेघराज निरौला अध्यक्ष प्रकाश काफ्ले सचिव, तुम्वेवा गाँउ पालिकामा खड्गसुन्दर सम्वाहाम्फे अध्यक्ष र मिक्लाजोङ गाँउ पालिकामा दिनेश लावती अध्यक्ष तथा छविलाल लावती सचिव छन । फालेलुङ र तुम्वेवा गाँउ पालिकाका सचिवमा भने नेकपाले छद्म नाम मात्रै सार्वजनिक गरेको छ ।उनीहरु कर्मचारी भएकाले नाम सार्वजनिक नगरेको एकथरीले वताएका छन भने । अर्को थरीले साविक एमाले र माओवादीविच भागबण्डा नमिल्दा टुंगो लाग्न वाँकी रहेकाले यस्तो गरेको बताएका छन ।कार्यदलका संयोजक डम्वरसिंह सम्वाहाम्फेले भने दुईजना सचिवको छदमद्मनाम मात्रै राखिनका पछाडी प्राविधिक कारण रहेको बताए ।जिल्लाका ८ वटा स्थानीय तहको नेतृत्व पाउने ८ मध्ये ४ जना तत्कालिन एमाले र ४ जना माओवादी निकट नेता छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here