Tune to BFM 91.2|Biratnagar

नेकपा एमाले मोरङ जेठ २ मै फर्कियो

विराटनगर, १९ भदौ । नेकपा एमाले मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ । पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशिल भएको छ । यसअघि अध्यक्ष ढकाल एमाले प्रदेश १ सचिव, सचिव पोखरेलले एमाले मोरङ अध्यक्षको जिम्मेवारी सम्हालै आउनु भएको थियो ।

आज वराटनगरमा बसेको सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यन्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । सचिवालय बैठकले १० बुँदेलाई शनिबारबाटै पालिकाका वडास्तर सम्म कार्यन्वयनमा लैजाने निर्णय गरेको छ । मोर्चा विभाग प्रमुख खतिवडाले भने,‘ पार्टीलाई मुलभुत रुपमा जेठ २ मा फर्काउने र त्यही अनुसारको कमिटीहरु क्रियाशिल गरिने भएको छ ।’

सचिवालय बैठकले आगामी असोज मसान्त सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णय समेत गरेको छ । सचिवालय बैठकका एमाले सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे लगायतको सहभागिता रहेको थियो । मोरङबाट १० बुँदे कार्यन्वयनको शुरुवात भएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताउनुभयो । अन्य जिल्लामा पनि पार्टी पुरानै अवस्थामा फर्किएर क्रियाशिल बन्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button