Tune to BFM 91.2|Biratnagar

नेकपा पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित

विराटनगर, ७ पुस । नेकपाको अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

बबरमहलमा बसेको बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो । यसैबिच काठमाडौंमा बसेको नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गर्नुभएको थियो ।

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गर्नुभएको थियो । उहाले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताउनु भएको थियो ।

पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।बैठकमा अर्का अध्यक्ष दाहालले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएको बताएका छन । पहिले पनि आलोपालोको मान्यता थियो । तर, ओलीको एकाधिकारवादी व्यवहरका कारण त्यो भएको थिएन ।

अब हामी मिलेर अगाडि जानेछौं, बैठकमा दाहालले गर्नुभएको थियो ।पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button