नेकपा बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम आज सकिने छ

0
153

काठमाडौं पुस ६, २०७५ ( स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम आज सकिने नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ । काठमाडौंको धुम्बाराहिस्थित पार्टी मुख्यालयमा जारी बैठकमा आज ११ सदस्यले धारणा राख्ने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । ४५ सदस्यीय स्थायी समितिमा चौथो दिन हिजोसम्म ३४ जनाले धारणा राखेका थिए । सदस्यहरुको धारणापछि भोलि सचिवालय सदस्यहरुले धारणा राख्ने र भोलि नै बैठक सकिने उहाँले बताउनुभयो । अध्यक्षद्धयले पेस गरेको राजनीतिक प्रतिवेदनमाथी बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वको कार्यशली र सरकारको कामकारबाहीलाई लिएर तीब्र असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा धारणा राख्ने सदस्यहरुले नेताहरुको आरचण र जीवनशैली प्रति पनि प्रश्न उठाएका छन् । पार्टीको आर्दश बिर्सिएर कम्युनिष्ट सिद्धान्तबिपरित पार्टीका शीर्ष नेता हिँडेको भन्दै स्थायी समिती बैठकमै नेताहरुले आलोचना गरेका हुन् । तीन तहको सरकार सञ्चालनलाई प्रभावकारी बनाउन नेतृत्व असफल भएको आरोप पनि बैठकमा उठ्दै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here