नेकपा मोरङको अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेती

0
293

विराटनगर, २३ जेठ । सत्तारुढ नेकपा मोरङको जिल्ला अध्यक्षमा ऋषिकेश पोख्रेल र सचिवमा गणेश उप्रेतीको नाम सिफारिस गरिएको छ । विराटनगरमा आज आयोजित सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले दुवै जनाको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द्रमा पठाएको छ । बैठकमा जिल्लाबाट १ सय ८५ जना सदस्यले सपथ ग्रहण गरेका थिए । तत्कालिन एमालेका जिल्ला सचिव रहनु भएका पोखरेल संविधासभा सदस्य पनि हुनु हुन्छ । उप्रेती तत्कालिन एकीकृत माओवादीका जिल्ला सह–इन्चार्ज रहनु भएको थियो । तत्कालिन एमाओवादी र एमालेबीचको एकीकरण पश्चात जिल्लातहमा पहिलोपटक बैठक बसेको नेकपा जिल्ला सदस्य धर्मलाल माझीले जानकारी दिनु भयो । यसअघि केन्द्रले जिल्ला अध्यक्षमा विनोद ढकाल र सचिवमा गोपीबहादुर अछामीलाई जिम्मेवारी तोकेको थियो । ढकालकै अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द्रमा पठाएको हो । कार्यक्रममा नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज सावित्री काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई लगायतको उपस्थिति थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here