नेकपा मोरङको सचिवमा भट्टराईको दावी

0
158

विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिवमा दिपक भट्टराईले दावी गर्नु भएको छ । सचिवमा समेट्न खोजिएका नेकपा नेता गणेश उप्रेती ‘सुशील’ पार्टीको प्रदेश १ सदस्यमा परेपछि भट्टराईले सचिवको दावी गर्नु भएको हो । तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिव पदसहित ६०/ ४० को भागवण्डा गर्ने टुँगो कार्यदलले लगाएको थियो । सोही भागवण्डा अनुसार तत्कालिन माओवादीका नेता भट्राईले सचिवको दावी गर्नु भएको हो । उहाँसँगै सह–संयोजक रहनु भएका भोगेन्द्र यादव र सुशील प्रदेश सदस्यमा पर्नु भएको छ । जिम्मेवारी र नेत्रृत्व बहन गर्न सचिवको दावी गरेको बताउँदै भट्राईले केन्द्रले समेत सहयोग गर्ने अपेक्षा राख्नु भयो । नेकपा जिल्ला अध्यक्ष पदका लागि भने तत्कालिन एमालेतर्फबाट ऋषिकेश पोख्रेल निश्चित जस्तै भइसक्नु भएको छ । पोख्रेल तत्कालिन एमालेको जिल्ला सचिव एवं पूर्व सांसद पनि हुनुहुन्थ्यो । एक सय ८५ सदस्यीय जिल्ला कार्यसमितिका लागि कार्यदलले एमालेतर्फबाट एक सय १० र माओवादीबाट ७५ जनालाई समेट्ने तयारी गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here