नेकपा मोरङले कोरोनाविरुद्ध सचेतना अभियान चलाउने
विराटनगर, २६ फागुन । नेकपा मोरङले माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको पूर्व सर्तकताको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मोरङ सचिवालय बैठकले जनचेतना कार्यक्रम टोलटोलसम्म अभियानको रूपमा चलाउने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोनासम्बन्धी सचेतना अभियान चालाउनेसहित ६ वटा निर्णय गरेको प्रचार विभाग प्रमुख मणि दाहालले जानकारी दिनुभयो ।