Tune to BFM 91.2|Biratnagar

नेकपा युवा–विद्यार्थीको दवाव, सरकार ५ बर्ष चल्नुपर्ने

विराटनगर, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्ध युवा–विद्यार्थीले सरकार ५ बर्ष चल्नुपर्ने बताएका छन् । उनीहरुले पार्टी विभाजन नगरी सरकार ५ बर्ष चल्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगरमा आज आयोजित नेकपाको युवक संगठन राष्ट्रिय युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले सरकार कुनै पनि हालतमा पाँच वर्ष टिक्ने भन्दै पार्टी फुट्न नदिन युवाहरु एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले पार्टी एकता कसैको स्वार्थ पूरा गर्न नभई नेपाली जनताको चाहना र आवश्यकता पूरा गर्नको निम्ति भएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले पार्टीमा गम्भीर सकंट देखा परेकोले यसको समाधानमा युवाहरुलाई एक भएर लाग्न सुझाव दिनुभयो ।

अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीको सञ्चालन विचार र विधिबाट हुनु पर्ने प्रष्ट पार्दै सरकार जनताका हितमा केन्द्रित रहनु पर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले विधि र पद्दतिबाट सञ्चालन भएमात्र पार्टी दीर्घजीवी हुने बताउनुभयो ।

प्रदेश सभा सदस्य कुशल लिम्बुले सरकारले जनालाई न्याय दिन नसकेको र पार्टीलाई पनि व्यवस्थित गर्न नसकेको बताउनुभयो । मोरङमा ओली निकट विद्यार्थी र युवा संगठनले गुटगल भेला शुरु गरेपछि प्रचण्ड–नेपाल समूहले पनि गुटगत भेला शुरु गरेको छ ।

ओली समूहले शनिबार मोरंगको सुन्दरहरैचमा भेला गरेको थियो । प्रचण्ड–नेपाल समूह आईतबार झापाको दमक र आज विराटनगरमा युवा–विद्यार्थीको भेला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button