Tune to BFM 91.2|Biratnagar

नेपालमा आज खण्डग्रास सूर्यग्रहण

विराटनग, ७ असार ।खण्डग्रास सूर्यग्रहण आज लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने गएराति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन । ग्रहण शूतकका कारण खण्डग्रास सूर्यग्रहण नसिकन्जेल अन्य धार्मिक गतिविधि र शुभकार्य नगर्दा राम्रो हुने अध्यक्ष गौतमको सुझाव छ ।

यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ ।

काठमाडौंको आकाशमा ग्रहणको अवलोकन गर्न सकिने तर नांगो आँखाले ग्रहण अवलोकन गर्नु हानिकारक रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button