Tune to BFM 91.2|Biratnagar

नेपालमा आज २ सय ५९ जना संक्रमित थपिए

विराटनगर, २० साउन । नेपालमा आज २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा आज २ सय ५९ जनामा पोजेटिभ देखिएको हो ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन । आज ६५ जना संक्रमित उपचारपति निको भएर घर फर्किएका छन ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । आज देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button