Tune to BFM 91.2|Biratnagar

नेपालमा आज ३ सय ६० जना संक्रमित थपिए

विराटनगर, २२ साउन । नेपालमा आज ३ सय ६० जना जना कोरोना भाइरस संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, धनुषा र सप्तरीमा थप १–१ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको छ । धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा र सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन् । आज ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन ।

आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । देशभरीका क्वारेन्टाईनमा ९ हजार ४ सय ७० जना रहेका छन । स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन प्रवक्ता डा. गौतमले आग्रहसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button