Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो

विराटनगर, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।नेपालमा आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण भएकोमा ४ सय ६९ महिला र ८ सय ५६ पुरुषमा संक्रमण देखिएको हो ।

आज ९ सय ६६ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आजसम्म देशभरी संक्रमितको हुनेको संख्या ६४ हजार १२२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । ४६ हजार २३३ जना निको भएर घर फर्किएकाछन । मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आज काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।यस्तै रुपन्देहीका ११३ जना, मोरङका ५७, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६/६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button