Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट १ सय ४ जनाको मृत्यु

विराटनगर, ३२ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ । आज ६ सय ४१ जना संक्रमित थपिएका छन ।

१२ हजर २ सय ४७ पीसीआर परीक्षणमा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन । देशभरी क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button