Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट १ सय ६४ को मृत्यु

विराटनगर, ९ भदौ । कोभिड–१९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो ।

जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष, र रुपन्देहिका ५३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ । आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button