Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट २३ जनाको मृत्यु

विराटनगर ७ असार । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ नाघेको छ । ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो ।

असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो । लक डाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । आज देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आजसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

प्रदेश १ मा आज १५ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा ७, उदयपुरमा ४ र मोरंगमा २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १÷१, झापाको अर्जुनधारामा ३, कनकाईमा १, मेची नगरमा २, उदयपुरको उदयपुरगढीमा २, त्रियुगा नगरपालिकामा २, कटारीमा १ र मोरंगको सुन्दरहरैचामा २ जनामा संक्रमण देखिएको छ ।

आज थपिएकामा ६ महिला र ९ पुरुष रहेका छन् । १५ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ । प्रदेश १ बाट १ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापा कचनकवलका १ जना डिस्चार्ज भएका हुन । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button