Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट २ सय ८० को मृत्यु

विराटनगर, २० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । आज १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन ।

१२ हजार ४ सय ७५ नमुना परीक्षण भएकोमा देशभरी महिला ३ सय ४९ पुरुष ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय २६, भक्तपुर ४५ र ललितपुर ३७ जना संक्रमित थपिएका छन । यो सँगै आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । आज १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन ।

आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन । आज देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन । देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।

यसैगरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button