Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट ३२ जनाको मृत्यु, १५ हजार ४ सय संक्रमित

विराटनगर, २० असार । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।

उनी मधुमेहका दिर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । आज नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ । प्रदेश १ बाट आज ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारत संक्रमित डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् । गोठगाउँबाट हाल सम्म १ सय ४६ जना डिस्चार्ज भएका छन । यो संगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button