Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं २७ वैशाख । नेपालमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा हिजो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १०२ पुगेको बताउनुभएको थियो ।

हिजो नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको सख्या १०२ पुगेको थियो ।

आज थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button