Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

विराटनर, ९ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

आज पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयले बताएको छ ।

अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, बार्हदशी र झापा गाउँपालिकामा ३/३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३८ हजार ६ सय ७१ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button