Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

विराटनगर, १० साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । आज १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

आज देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ । प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ५, सुनसरीमा २, झापा, तेर्हथुम र खोटाङमा १/१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र तेर्हथुममा १/१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ । प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा हालसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button