Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना भाइरस बाट १९ जनाको मृत्यु

विराटनगर, ३२ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताउनुभयो ।

आज ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आज ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आज आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा आज २७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा २५, झापा र सुनसरीमा १÷१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ । मोरंगको रतुवामाई नगरपालिका– ८ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् ।

तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिकाले जनाएको छ । विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । मोरङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । आज झापाको गौरीगञ्जमा १ र सुनसरीको रामधुनीमा १ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button