Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु

विराटनगर, १० भदौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताउनुभयो । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । आज ८ सयभन्दा बढीमा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भएका १३ हजार २ सय ५३ वटा परीक्षणमा ८ सय ८५ जनामा संक्रमण देखिएको हो । जसमा २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ । आज ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन । आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ ।

देशभर ८ हजार ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन । होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन ।

क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button