Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

विराटनगर १६ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका २५ वर्षिय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । योसँगै मृतकको संख्या ६ पुगेको हो । आज थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ ।

आज थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै रौतहटका ५६ जना, कपिलवस्तुमा ५१ जना र झापाका २८ जना रहेका छन । त्यसै गरि सप्तरीका ४ जना, बाराका ४ जना, पर्साका ५ जना, सर्लाहीका ५ जना (१ जना हाल पाटन), म्याग्दीका १ जना, बाँकेका १० जना, नवलपरासी सुस्ता पूर्वका २ जना, रुपन्देहीका १ जना र दाङका २ जना रहेका छन ।

हाल सम्म करिब एक लाख व्यक्ति क्वारेन्टाइनमा बस्दा एक हजार व्यक्ति आइसोलसमा रहेका छन । झापामा आज २८ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा सक्रमितको संख्या १ सय ५८ पुगेको छ । १० महिला र १ सय ४८ पुरुष संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ को झापामा १ सय ७, उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा ३, भोजपुर, खोटाङ र सोलुखुम्वुमा १/१ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button