Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

विराटनगर, २२ असार । नेपालमा कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागलुङका २९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

बागलुङको मुसिखोला ३ का २९ वर्षिय ती पुरुषको २१ गते क्वारेन्टाईनमा मृत्यु भएको हो । आज नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै आज ५४ जना संक्रमित थपिएका छन् । आज २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म संक्रमण मुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ ।

योसँगै आजसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश १ मा आज ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट आज १५ जना डिस्चार्ज भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button