Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्यो

विराटनगर, १९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । आज एकैदिन २ सय २६ जना कोरोना संक्रमित थपिएका छन । यो एकैदिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो ।

नेपालमा ५९ जिल्लामा संक्रमण फैलिएसँगै कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । सोमबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै दैलेखामा ४१ जना कपिलवस्तुमा ४० जना र सर्लाहीमा ३८ जना रहेका छन । त्यसैगरि झापामा २ जना, नवलपरासी पूर्वमा ३ जना, सल्यानमा १० जना, जुम्लामा १९ जना र सुर्खेतमा ५ जना संक्रमित थपिएका छन ।

त्यसैगरि रौतहटमा १८ जना, बाँकेमा ७ जना, दाङमा ९ जना, धनुषामा ७ जना, महोत्तरीमा २ जना र मकवानपुरमा १ जना संक्रमित थपिएका छन । त्यसैगरि सिराहमा ५ जना, जनकपुरमा १, कैलालीमा १४ जना, बैतडीमा १ जना, डोटीमा १ जना र कञ्चनपुरमा १ जना संक्रमित थपिएका छन ।

नेपालमा १ हजार ६ सय ६७ जना पुरुष संक्रमित छन् भने १३१ जना महिला संक्रमित रहेका छन । अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा रहेका छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन । आज झापामा २ जना थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ६७ पुगेको छ । झापामा मात्र संक्रमितको संख्या १ सय १३ पुगेको छ । प्रदेश १ बाट ३० जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button