Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो

विराटनगर, २५ जेठ । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । आज थपिएका २ सय १३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन ।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन । पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज १० जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । विराटनगर ३ की २२ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी कालिमन्दिर धर्मशाला क्वारेन्टाईनमा रहेकी थिईन । सुनसरीको इनरुवाका २ जना २३ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरंग रतुवामाई नगरपालिकाका १८ र १४ बर्षका दुई किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिकाका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् । झापाको अर्जुनधाराका २ जना २३ र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १० जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ । प्रदेश १ बाट ९० जना डिस्चार्ज भएका छन् । हिजो साँझ धरानबाट झापाका १२ जना पुरुष डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button