Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

विराटनगर, २७ जेठ । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मन्त्रालयकाअनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५, सल्यान १२, नवलपरासी १२, सिराहामा १२, बाग्लुङमा ११, कपिलवस्तु १०, दार्चुला १०, बाँके ९, डडेलधुरा ७, सप्तरीमा ७, दाङ ६, सुर्खेत ४, मोरङ ३, जुम्ला २ र नुवाकोट २, इलाम १, सुनसरी १, धादिङ १, म्याग्दी १ र कैलाली १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

आज पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिँदै मन्त्रालयले कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामा २९२ जना पुरुष र ३१ जना महिला छन् । कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५ सय ८४ जना निको भएर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज प्रदेश १ मा ५ जना थपिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या २ सय ८२ पुगेको छ । प्रदेश १ बाट आज २८ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने सबै झापाको कचनकबल गाउँपालिकाका रहेका छन् । उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १ सय १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button