Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

विराटनगर, ८ असार । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघेको छ । आज ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

आज पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button