Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

विराटनगर, २१ असार । आज नेपालमा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् ।

६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश १ मा आज ५ जना संक्रमित थपिएका छन् । आज मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button