Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

विराटनगर, २३ असार । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

सरकारले लकडाउन केही खुलुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो ५४ जना संक्रमित भेटिएको उपत्यकामा आज केही कम भए पनि लकडाउन अवधि पहिलेको भन्दा बढी २८ जना संक्रमित भेटिएका छन् ।

लकडाउन खुकुलो भएसँगै आवतजावत बढेकाले उपत्यकामा संक्रमितको संख्या बढेको हो । आज काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । आज ९ जना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये विराटनगरका ६ जना रहेका छन् ।

विराटनगरमा मात्र संक्रमितको संख्या २५ पुगेको छ । मोरंगमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बार्हदशीमा एक पुरुष रहेका छन ।

प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र २ महिला डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताउनुभयो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button