Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो

विराटनगर, २५ असार । नेपालमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । आज देशभरबाट १ सय ३९ जना डिस्चार्ज भएका छन् । आज सम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टाइनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ वटा जिल्लामा हाल उपचाररत अवस्थामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी छ । यी जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्लामा हाल कोरोना संक्रमणका एक जना पनि बिरामी छैनन् । प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button