Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

विराटनगर, ३ साउन । आज नेपालमा थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत छन् ।

नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ ।

देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, तेर्हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको मिक्लाजुङमा ६, उर्लाबारीमा १ र बेलबारीमा २ , तेर्हथुमको लालीगुराँसमा २ , झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरंगका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, तेर्हथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सवै विराटनगरका रहेका छन् ।

उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button