Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुग्यो

विराटनगर, ५ साउन । आज नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । आज ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । आज कोरोना मुक्त भएर १ सय ७३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म प्रदेश नम्बर १ मा ७ सय १०, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ । प्रदेश १ मा आज ९ सय २८ जनाको कोरोना परिक्षण गरिएको छ ।

१ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परिक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button