Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुग्यो

काठमाडौं ४ जेठ । कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज नयाँ १० जनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगैं नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । संक्रमितहरु रौतहट राजपुर नगरपालिका ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु छन् ।

त्यस्तै रौतहट इसनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button