Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो

विराटनगर, ९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ रहेको र सबै पुरुष हुन् ।

उनीहरु सबै सरस्वती मावि क्वारेन्टाइन जानकी गाउँपालिकामा रहेको बताइएको छ । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम डडेलधुरा १० कै हुन् । त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष बैतडी १ का हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् । आज बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो ।

यसैबिच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ ।

डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ वटा परीक्षणहरु गरिएका छन् ।

आज दिइएको जानकारी अनुसार क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् ।संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ , बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म ४० जिल्लामा संक्रमण फैलिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button