Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो

विराटनगर, १० जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्खंखयाया ५ सय १६ पुगेको छ ।

जसमा पुरुष ४ सय ४० र महिला ७६ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कैलाली जिल्लाका १९, २३ र २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी डडेल्धुराका एक जना २८ वर्षीय पुरुष, बैतडी जिल्लाका एक जना २२ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बाँकेका १४ जनामा कोरोना पुष्टि भएको छ ।

उनीहरू १८ देखि ६१ वर्षउमेर समूहका पुरुषहरू रहेका छन् । त्यस्तै रतुवामाई २ मोरङ्गका ४१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पोजेटिभ देखिएको छ । यसैगरी, सर्लाही जिल्लामा १५, कपिलवस्तुमा नौ, चितवनमा दुई, नवलपरासी पश्चिमका तीन, नवलपरासी पूर्वका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । नयाँ सङ्क्रमितमा एक जना मकवानपुर, एक जना भक्तपुर, एक जना सप्तरी र ६ जना बाराका रहेका छन् । हालसम्म कोराना सङ्क्रमित जिल्ला ४० पुगेको छ ।

जेठ ९ गते बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हिजो १ जना कोरोना संक्रमित थपीएसँगै संक्रमितको संख्या ८५ पुगेको छ । मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ को झापामा ३५, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १/१ जना संक्रमित देखिएका छन् ।८५ जना संक्रमित मध्ये प्रदेश एक बाट २६ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button