Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमीतको संख्या ६९९ पुग्यो

काठमाडौं १३ जेठ । सुर्खेत र बारा जिल्लामा गरी आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा १२ जनामा र बारा जिल्लामा ५ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या संख्या ६९९ पुगेको छ ।

आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईरदुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

वीरेन्द्ररनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबिच बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् ।पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button