Tune to BFM 91.2|Biratnagar

नेपालमा थपिए २ हजार २२० कोरोना संक्रमित

विराटनगर, ८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २२० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट २ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् ।पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् ।यस्तै, काठमाडौं उपत्यकामा १ हजार ५१ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यसैबिच आज प्रदेश १ मा १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये विराटनगरमा १८ महिला र २३ पुरुष गरी ४१ जना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।विराटनगरपछि धेरै संक्रमण धरानमा देखिएको छ ।

धरानमा ७ महिला र १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै प्रदेश १ मा परीक्षणको दर पनि बढाइएको छ । परीक्षण बढाउँदा संक्रमणको दर पनि बढ्दो देखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button