Tune to BFM 91.2|Biratnagar

नेपालमा थप १ हजार ६ सयमा कोरोना संक्रमण

विराटनगर, ११ मंसिर । पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button