Tune to BFM 91.2|Biratnagar

नेपालमा थप २ हजार ८ सयमा कोरोना संक्रमण

विराटनगर, १६ कात्तिक । नेपालमा आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । आज १३ हजार २३ जनाको पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जनामा संक्रमण देखिएको छ ।

आज थप २३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरी १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button