Tune to BFM 91.2|Biratnagar

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण

विराटनगर, २७ मंसिर । नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २४२ जनाको नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button