नेपालमा भारतीयभन्दा चिनियाँ लगानी बढी

0
47

काठमाडौं, २३ चैत । गत वर्षको तुलनामा यसपालि नेपालमा वैदेशिक लगानी बढेको छ । गत असार मसान्तसम्म १५ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ८ महिनामा यस्तो लगानी दोब्बरले बढेर ३४ अर्ब पुगेको छ । पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढेको छ । यो वर्ष सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागको बैदेशिक लगानी महाशाखाका अनुसार गत वर्षसम्म कुल स्वीकृत लगानीको १७ प्रतिशत हिस्सा चीनले ओगटेको थियो । तर, यसपालि भने यस्तो हिस्सा २५.५८ प्रतिशत पुगेको छ । बैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्रबहादुर बस्नेतका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी भएको छ । जसमध्ये २८ अर्ब ४९ करोड चिनियाँ लगानी स्वीकृत भएको छ । गत वर्षको तुलनामा यस वर्ष भारतीय लगानी पनि बढेको छ । गत वर्ष २ अर्ब ८ करोड बैदेशिक लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा ३ अर्ब ९८ करोड बराबरको भारतीय लगानी स्वीकृत भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here