Tune to BFM 91.2|Biratnagar

नेपालमा लकडाउन अझै बढाइने संकेत

विराटनगर, ७ वैशाख । कोरोना भाइरस संक्रमण रोकथामकालागि ११ चैतदेखी निरन्तर लाग्दै आएको लकडाउन अझै बढने संकेत देखापरेको छ ।

देशमा धमाधम संक्रमितहरु फेला परिरहेको र भारतमा अझै लकडाउन कायमै भएकोले प्रधानमन्त्री केपी ओलीले वैशाख १५ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको अवधी अझै बढने संकेत गरेका हुन ।

प्रधानमन्त्री ओलीले आज सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा भारतमा कोरोना नियन्त्रणमा नआएसम्म नेपालमा लकडाउन खुकुलो हुन नसक्ने बताउनुभएको छ । बालुटार स्रोतका अनुसार भारतमा लकडाउन कायम रहेसम्म नेपालमा पनि लकडाउन कायमैरहने र अन्तर्राष्ट्रिय उडानहरु पनि सुचारु हुनेछैनन । नेपाल भारत सीमा नाकाहरु पनि सबै बन्द नै रहनेछन ।

लकडाउने अर्थतन्त्र धरासायी बनाएकोबारे भन्दा पनि अहिले कोरोनाको महामारी कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता सबैले लिनुपर्ने प्रम ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले आज बिहान नेकपा निकट प्रेस संगठनका केन्द्रिय नेताहरुसँग पनि भेटघाट गर्नुभएको छ । उनीहरुसँग पनि प्रम ओलीले लकडाउन खुल्न नसक्ने संकेत सहित कुराकानी गरेका छन् ।

लकडाउन खोलेमा स्थिती अझै भयावह हुने प्रमको बुझाई छ । लकडाउन नगरेको र हेलचेक्रयाँई गरेकै कारण विश्वका ठूला ठूला देशमा महामारी स्थिती बाहिर भएको भन्दै प्रम ओलीले अझै आन्तरिक आवतजावतमा पनि नियन्त्रण गर्नुपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले महामारीको बेला सर्बदलिय संयन्त्रको कुनै आवश्यकता छैन भनेका छन । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम गर्न पहिलो पटक ११ चैतमा एक हप्ता त्यसपछि दोस्रो पटक ३ बैसाखसम्म र तेस्रो पटक १५ बैसाखसम्म लकडान थपेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button