Tune to BFM 91.2|Biratnagar

नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार पुग्यो

विराटनगर, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै आज कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म कोभिड १९ संक्रतिको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमणमुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button