Tune to BFM 91.2|Biratnagar

नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्यो

विराटनगर २ जेठ । आज कोरोना संक्रमित नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर–१, ३ र ५ निवासी १८, २०, २२, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button