Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

विराटनगर ५ जेठ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । आज विहान थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

नेपालमा देखिएका संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button